तनहुँमा पहिलो पटक भेटिए कोरोना संक्रमित

नेपालमा कोरोनाभाइरस संक्रमित थप एक जिल्लामा देखिएका छन् । तनहुँमा पहिलो पटक कोरोनाभाइरस संक्रमित भेटिएसँगै नेपालमा ५४ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको छ ।

आइतबार विहान तनहुँमा २८ वर्षका एक युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार विहान नै स्याङ्जामा पनि कोरोनाभाइरस संक्रमित भेटिएका छन् । स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका २ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा अब २४ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । यीमध्ये अहिलेसम्म ३ जना निको भएर फर्किएका छन् ।





  • प्रकाशित मिति : जेठ १८, २०७७ आइतबार १२:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया