कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत– कर्णाली प्रदेशमा सोमबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा नयाँ संक्रमित थपिएका हुन् ।
   
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य शाखाका अनुसार थप ३२ जनामध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जना छन् । 

दैलेख नारायण नगरपालिका वडा नं. १, ३, ४, ५, ८ र  १० का १६ जना, महावु गाउँपालिका–३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं. १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं. १ र १० का पाँचजना पुरुष रहेका छन् ।

आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ९८ पुगेको छ । 





  • प्रकाशित मिति : जेठ १९, २०७७ साेमबार १२:४४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया