आगलागीमा परी आमाछोरीको मृत्यु

धरान– बिहीबार धरानमा आगलागीमा परी दुईजनाको मृत्यु भएको छ । बिहान सवा ८ बजेबाट धरानको एक घरमा भएको आगलागीमा परेर आमा–छोराीको मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीय धनमाया श्रेष्ठ र ५८ वर्षीय सीता श्रेष्ठ छन् ।

दुईतले घरमा आगलागी सुरु भएपछि कोठाभित्र रहेकी छोरीलाई निकाल्न खोज्दा आमा–छोरी दुवैजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । 

आगलागी भएको घरमा भाडामा बस्नेहरु पनि रहेकाले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

आगलागीको कारण भने खुल्न सकेको छैन । आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो ।





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार १२:३७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया