म्यानमारबाट आइपुगे २६ नेपाली

कोरोना संकटका कारण समस्यामा परेका २६ नेपाली म्यानमारबाट पहिलो पटक नेपाल आइपुगेका छन् । लकडाउन सुरु भएपछि औपचारिक रुपमा पहिलो पटक नेपालीहरुलाई ल्याइएको हो । 

शुक्रबार विहान म्यानमारबाट २६ नेपालीलाई लिएर म्यानमारको सेनाको जहाज काठमाडौं आइपुगेको हो । 

म्यानमार सरकार आफैंले खर्च गरेर नेपालीहरुलाई काठमाडौंसम्म ल्याइदिएको हो । 

यसअघि युएईबाट पनि आजै २२३ जना नेपाली आउने भनिएको थियो । तर, आज आउने भनिएको यो उडान रद्द भएको छ । यसबारे परराष्ट्र मन्त्रालयले युएई सरकारसँग केही कामहरु गर्न बाँकी रहेको जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १२:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया