दक्षिण एशियामा अझै तीव्र गतिमा कोरोना फैलिएको छैनः डब्लूएचओ

नेपालमा पछिल्ला दिन कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशमा पनि दैनिक कोरोना संक्रमित बढिरहेका छन् ।

भारत त अब सबैभन्दा प्रभावित देशको सूचीको छैटौं नम्बरमा आएको छ । भारतमा २ लाखभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् भने ६ हजार ३ सयभन्दा धेरैको कोभिड १९ का कारण निधन भएको छ । 

उता, पाकिस्तानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या झन्डै एक लाख पुगिसकेको छ ।

तर, विश्व स्वास्थ्य संगठनले दिएको ताजा जानकारीअनुसार भारतसमेत अन्य दक्षिण एशियाली देशमा अहिलेसम्म कोरोनाभाइरस तीव्र गतिमा फैलिएको छैन ।

समाचार एजेन्सी रोयटर्सका अनुसार डब्लूएचओले भारतमा प्रत्येक तीन सातामा कोरोनाभाइरस संक्रमितको संख्या डबल भइरहेको छ । तर, पनि भारत र दक्षिण एशियाली देशमा कोरोनाको संक्रमण अन्य देशको तुलनामा विस्तारै भइरहेको डब्लूएचओले बताएको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ६:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया