कोरोनाको २० लाख भ्याक्सिन तयार पारेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ को संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार भइसकेको बताएका छन् । उनले यो भ्याक्सिन प्रयोगका लागि तयार भएको समेत दाबी गरेका छन् । अब वैज्ञानिकहरुले यसको प्रभावकारिता तथा यो भ्याक्सिन सुरक्षित छ भन्ने मात्र भनिदिए पुग्ने उनले गरेका छन् । 

शुक्रबार भएको पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनले भ्याक्सिन तयार भएको दाबी गरे पनि यो भ्याक्सिन अहिले सुरक्षित छ या छैन भन्नेबारे निक्र्योल ननिस्किएको पनि बताएका छन् । त्यसैले उनले ठूलो संख्यामा यसको परीक्षणका लागि आफूले कुरिरहेको बताएका छन् ।

तर, ट्रम्पले यो कुन कम्पनीले बनाएको भ्याक्सिन हो भन्ने चाहिँ खुलाएका छैनन् । उनले यसको प्रयोग कहिलेदेखि आउने भन्ने कुनै समयसीमा पनि उल्लेख गरेका छैनन् ।

तर, ट्रम्पको यही घोषणालाई अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थनी फाउचीले चाहिँ टिप्पणी गर्न रुचाएका छैनन् । उनले यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । 

यसअघि गत मंगलबार चाहिँ डा. फाउचीले अर्को वर्षसम्म एक लाख भ्याक्सिन बन्न सक्नेमा विश्वास गर्न सकिने चाहिँ बताएका थिए ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ११:२७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया