सोमबार चितवनमा २३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यीमध्ये दुई जना चिकित्सक रहेको बताइएको छ ।
भरतपुरमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
उनीहरु सबैलाई अब आइसोलेसनमा राखिने तयारी गरिएको छ ।
भरतपुर अस्पताल स्रोतका अनुसार संक्रमितमध्ये तीन जना नवलपरासी र १७ जना चितवनका हुन् । आइतबार प्रयोगशालामा परीक्षणका लागि पठाइएका ३ सय स्वाब नमूनामध्ये २० जनाको नतिजा पोजेटिभ आएको हाे । केही स्वाबको परीक्षण बाँकी रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।