२४ घन्टा यता लन्डनमा भएन कोरोना मृत्यु

युरोपमा कोरोनाभाइरसका कारण भएका मृत्युमा सबैभन्दा प्रभावित देश हो, बेलायत । बेलायतमा अहिलेसम्म ४० हजारभन्दा धेरैको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । 

तर, पछिल्लो २४ घन्टामा लन्डनमा कोरोनाका कारण एक जनाको पनि मृत्यु भएको छैन । बेलायती अधिकारीका अनुसार लन्डनमा कोरोना मृत्यु नभए पनि बेलायत भर यो समयमा चाहिँ ५५ जनाको निधन भएको छ । 

यो अहिलेसम्म बेलायतमा २३ मार्च यता देखिएको सबैभन्दा कम मृत्यु हो ।





  • प्रकाशित मिति : जेठ २६, २०७७ साेमबार १९:२७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया