काठमाडौंको बालुवाटार, पोखराको न्युरोडमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी, दुवै ठाउँमा युवाहरु पक्राउ

काठमाडौंमा बालुवाटारमा प्रधानमन्त्री निवास नजिकै केही युवाहरुले प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले चर्का नाराबाजी गरिरहेको समयमा प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेको छ ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सरकारको काम ठिक नभएको, औषधी तथा उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनु पर्ने, आरडिटी परीक्षण रोक्नु पर्ने तथा अहिले थपिएका कर र समयसीमा खारेज गर्नु पर्ने माग गर्दै प्रदर्शनमा युवाहरु उत्रिएका हुन् ।

बालुवाटारमा आजभोलि दैनिकजसो प्रदर्शन सुरु हुन  थालेको छ । केही दिनअघि पनि त्यहाँ भएको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो । त्यसमा पनि प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरबितर बनाएको थियो ।

उता, पोखरामा पनि आज सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन भएको छ । पोखराको राष्ट्र बैंक चोकमा पनि प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका छन् ।

प्रधानमन्त्रीका कारण जनताले दुःख पाएको र कोरोना महामारीमा सरकारले पारदर्शी रुपमा माग नगरेको भन्दै मानिसहरुले यो नाराबाजी गरेका हुन् ।



त्यहाँ पनि प्रहरीले हस्तक्षेप गरेर केही युवाहरुलाई पक्राउ गरेको हो ।



  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार १३:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया