नवलपरासीमा पुलबाट गाडी खस्यो, गाउँपालिका अध्यक्षको मृत्यु

नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । उनी सवार गाडी आइतबार बर्दघाट नगरपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको स्थानीयले बताएका छन् ।


दुर्घटनापछि तत्काल उद्धार गरि चिसापानी अस्पताल ल्याइएकोमा अध्यक्ष शर्माको उपचारका क्रममा मृत्यु भएको हो । लु १ झ ३७० नम्बरको गाउँपालिकाका स्कार्पियोमा सवार अध्यक्ष शर्माको मृत्यु भए पनि चालक भने घाइते मात्र भएका छन् ।


दुर्घटना हुँदा गाडी अध्यक्ष शर्मा आफैंले चलाएको बताइएको छ । घाइते चालकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । गाउँपालिकाबाट बुटवलतर्फ आउँदै गर्दा बर्दघाट बजारमै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १२:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया