Fri, 14 Aug, 2020


क्वारेन्टिमा बसेकी महिलाको सामूहिक बलात्कार !
फरकधार / जेठ ३२, २०७७

कैलालीको एक क्वारेन्टिनमा बसेकी महिलाले आफूमाथि सामूहिक बलात्कार भएको आरोप लगाएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 



३१ वर्षकी एक महिलाले शनिबार मध्यरातमा आफूमाथि सामूहिक बलात्कार भएको आरोप लगाएकी हुन् । 

स्थानीयले यो घटना थाहा पाएपछि चर्को विरोध गरेका छन् । यही विरोधपछि त्यहाँ प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

बैङलोरबाट १२ दिनअघि नेपाल आएकी यी महिला क्वारेन्टिनमा बसेकी छिन् । प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्