चार महिने बालकसहित २५ काेराेनामुक्त

कालीकोटका २९ कोरोना सङ्क्रमितमध्ये २५ जनालाई आज डिस्चार्ज गरिएको छ । जेठ १८ गते एकै साथ तिलागुफा नगरपालिका वडा नं ६ जुबिथास्थित सत्यदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा कोरोना पोजिटिभ देखिएका १९ मध्येका १६ जना र पन्चदेव माध्यमिक विद्यालय मान्मको क्वारेन्टाइनमा पोजिटिभ देखिएका १० जनामध्ये नौ जना गरी २५ जनाको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आजै घर पठाइएको हो ।

जुबिथा क्वारेन्टाइनबाट तीन जना र पन्चदेव माविका एक जना गरी चार जनाको दोस्रो पटक पनि रिपोर्ट पोजिटिभ आएपछि उनीहरूलाई आइसोलेसनमा राखिएको स्वास्थ्य सेवा कार्यालय, कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले बताउनुभयो । तीन पटकसम्मको आरडीटी परीक्षण र दोस्रो पटकसम्मको पीसीआर परीक्षणमा चार महिने बालकसहित २५ जनाले कोरोना युद्ध जितेपछि घर पठाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो ।

कोरोनामुक्त हुनेमा सान्नीत्रिवेणीका गाउँपालिका वडा नं २ का चार महिनाकाे बालक समेत रहेका छन् । बालक, उनका बुवा र आमा एकैसाथ घर गएका छन् । कोरोना निको भएर घर जानेमा शुभकालिका गाउँपालिकाभित्रका १२ जना महावै गाउँपालिका भित्रका आठ जना, खाँडाचक्र नगरपालिकाका दुई जना, पलाँता गाउँपालिका एक जना, तिलागुफा नगरपालिकाका एक जना र बाजुरा जिल्लाका एक जना गरी जम्मा २५ जना रहेका छन् । बाँकी चार जनालाई थप सुरक्षाका साथ राखिएको छ ।





  • प्रकाशित मिति : असार १, २०७७ साेमबार ०:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया