इंग्ल्यान्डमा फुटबल फर्किँदैै

इंग्ल्यान्डमा आजबाट फुटबल फर्किँदै छ । कोरोनाभाइरसका कारण करिब ३ महिना रोकिएको इंग्लिस प्रिमियर लिग आजबाट पुनः सञ्चालनमा आउन लागेको हो ।

लिगअन्तर्गत आज हुने पहिलो खेलमा एस्टन भिल्लाले सेफिल्ड युनाइटेडको समना गर्नेछ । खेल नेपाली समय अनुसार पौने ११ मा हुनेछ ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा हुने खेल दुबै टोलीका लागि महत्वपूर्ण हुनेछ ।

एस्टन घरेलु मैदानको फाइदा उठाउँदै जित हात पारेर रेलिगेसनको खतरालाई कम गराउन चाहन्छ ।

त्यस्तै, सेफिल्ड पनि जित हात पार्दै आफूलाई च्याम्पियन्स लिग छनोटमा कायम राख्न चाहन्छ ।

यदि आज एस्टनले जित निकालेको खण्डमा २८ अंकको साथमा १६ औं स्थानमा उक्लिने छ भने सेफिल्ड विजयी भए ४६ अंकका साथमा पाँचौ स्थानमा उक्लने छ ।



२८ खेल खेल्दै १९ औं स्थानमा रहेको एस्टन भिल्ला २५ अंकको साथमा रेलिगेसन जोनमा रहेको छ भने समान खेल खेलेको सेफिल्ड युनाइटेड ४३ अंकको साथमा ७  औं स्थानमा छ ।

त्यसैगरी, आजको दोस्रो खेलमा म्यानचेस्टर सिटीले आर्सनलको सामना गर्नेछ ।



खेल सिटीको घरेलु मैदान इतिहाड स्टुडियममा नेपाली समय अनुसार मध्यराति १ बजे हुनेछ ।

खेलमा जित हात पार्दै घरेलु टोली सिटी पहिलो स्थानको लिभरपुलसँगको अंक दुरी कम गर्न चाहन्छ ।

साथै, आर्सनल पनि अंक तालिकामा सुधार गर्ने दाउमा हुनेछ । त्यसका लागि आर्सनललाई स्पष्ट जितको आवश्यकता छ ।

हालसम्म समान २८ खेल खेलेका सिटी ५७ अंकका साथमा दोस्रो तथा आर्सनल ४० अंकसँगै ९ औं स्थानमा छ । 

  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार ७:३४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया