सांसद विकास कोषमा खर्च नभएको रकम कोरोना उपचारमा खर्च गरिने

काठमाडौं– सरकारले सांसद विकास कोषमा खर्च नभएको रकम कोरोना उपचारमा खर्च गर्न सकिने व्यवस्था गरेको छ । 

यही असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च हुन बाँकी रकम कोरोना उपचार कोषमा जम्मा गर्ने बाटो खुला गरेको हो । 

सरकारले यसअघिको नियमावली संशोधन गरी सांसद विकास कोषको रकम सम्बन्धित सांसदले आफ्नो क्षेत्रमा पर्ने स्थानीय तहको कोभिड–१९ उपचार कोषमा  जम्मा गर्न सक्ने गरी व्यवस्था मिलाएको हो । 

तर, सो रकम असार १५ भित्र रकम जम्मा गरिसक्नुपर्ने निर्णय भएको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन् । 

सो बैठकले सिटिइभिटीको उपाध्यक्षमा झापाका खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १६:२३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया