विश्व कीर्तिमानी शेर्पासहित सात पर्यटन व्यवसायी कांग्रेस प्रवेश गरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले विश्व किर्तिमानी मिङमा शेर्पासहितका पर्यटन व्यवसायीलाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् । शुक्रबार पार्टीको सदस्यता दिएर उनले शेर्पासहित सातजना पर्यटन व्यवसायीलाई गर्दै पार्टीमा भित्र्याएका हुन् । 

सो कार्यक्रममा सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वमन्त्रीद्वय डा. मीनेन्द्र रिजाल, गगन थापा, पूर्वराज्यमन्त्री दिपक खड्का, नेता दीपक गिरी, तारामान गुरुङको लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्र प्राप्तिदेखि देश समृद्ध बनाउनसम्म कांग्रेस नै चाहिने धारणा राखे । महामन्त्री कोइरालाले आगामी चुनावमा नेपाली कांंग्रेस पहिलो पार्टी हुने दाबी गरे । 

सहमहामन्त्री महतले नेकपाको गलत रवैयाका कारण देश पछि परेको धारणा राखे । केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सरकार बेसार र तातो पानीको कुरामा अल्झिएको बताउँदै विकास र समृद्धिबाट विमुख हुन पुगेको आरोप लगाए । 

कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले कोरोनाको महामारीबाट बच्न गर्नुपर्ने तयारीमा सरकार चुकेको आरोप लगाउँदै सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त हुँदा कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गर्न नसकेको बताए । 

पार्टी प्रवेश गरेका पर्वतारोही शेर्पाले कांग्रेसले मात्रै लोकतन्त्रको संरक्षण र देश विकास गर्नेमा आफू विश्वस्त रहेको बताए ।





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार २०:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया