सुत्केरीमा कोरोनाभाइरस देखिएपछि गुल्मीका तीन गाउँ सिल

गुल्मीको गुल्मी दरबार गाउँपालिकामा एक जना सुत्केरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गुल्मी दरबार गाउँपालिका वडा नं. ७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको हो ।

सुत्केरीमा कोरोना पुष्टि भएपछि जिल्लाका तीन वटा गाउँ सिल गरिएको छ ।

गुल्मी दरबार गाउँपालिकाका वडा नम्बर ७ का अध्यक्ष टोपबहादुर बस्नेतका अनुसार सूचना जारी गरी रोटेपानी, उखाप र रिपाहावासीलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई पनि प्रवेश गर्न नदिन आह्वान गरिएको छ ।

ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि दुई दिनअघि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रिफर गरिएको थियो ।

त्यहाँबाट स्वाब संकलन गरेर भैरहवा पठाएकोमा शनिबार पिसीआर रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
 





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १०:२९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया