राष्ट्रिय सभाले पारित गर्यो बजेटसँग सम्बन्धित विभिन्न विधेयक

 

राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट आएका बजेटसँग सम्बन्धित विभिन्न तीन ओटा विधेयक पारित गरेको छ ।
सभाको सोमबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित आएका ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’ र ‘ऋण तथा जमानत विधेयक, २०७७’ पारित गरेको हो ।     
     
विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले प्रदुषण हटाउन विद्युतीय सवारी बजेटको प्राथमिकतामा रहेको बताए । 
 विलासी विद्युतीय गाडीको भन्सार बढाए पनि सार्वजनिक यातायातका साधनमा भएको कर यथावत् रहेको उनले स्पष्ट पारे ।

विद्युतको खपत बढाउने थुप्रै कार्यक्रम बजेटमा रहेको बताउँदै उनले कृषिमा रसायनिक मलको भन्सार महसुल नबढेको स्पस्ट पारे । 
पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा सस्तो भएकाले यसमा पूर्वाधार कर लगाइएको उनले जानकारी गराए ।





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १७:११:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया