सिद्धार्थ बैंक  र एफवान सफ्ट इन्टरनेशनल बीच सहकार्य


सिद्धार्थ बैंक  लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाका लागि ‘क्विक भुक्तानी’ प्लेटफर्म प्रयोगसम्बन्धी सम्झौता भएको छ । 

सम्झौताअनुसार सिद्धार्थ​ बैंकले आफ्ना ग्राहकलाई यस प्लेटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ  ।
 एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक पक्षमा सहयोग गर्ने बताइएको छ ।
 ‘क्विक भुक्तानी’ नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ  प्लेटफर्म  हो । 
यो युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । 
क्वीक भुक्तानीले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता, सामान तथा सेवा किन्ने क्रेता कम्पनी र  कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउने बताइएको छ । 
सप्लायरले यो प्लाटफर्र्र्र्म प्रयोग गरी आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँछ । त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन सकिने बताइएको छ । 
अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्विक भुक्तानी’ एकदमै लाभदायक हुने विश्वास सिद्धार्थ बैंक तथा एफवान सफ्टको छ ।





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १५:२६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया