मालोर्कामाथि जित निकाल्दै रियल म्याड्रिड लिगको शीर्ष स्थानमा

स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा मालोर्कामाथि  २–० को जित निकाल्दै रियल म्याड्रिड पुनः लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

रियलको बैकल्पिक मैदान एस्टाडियो अल्फ्रेडो डे स्टेफानोमा भएको खेलमा रियलका भिनिसियस जुनियर तथा कप्तान सर्जियो रामोसले १–१ गोलको योगदान दिए ।

खेलको १९ औं मिनेटमा लुका मोड्रिचको पासलाई गोलमा परिणत गर्दै भिनिसियसले रियललाई अग्रता दिलाएका थिए ।

त्यस्तै कप्तान रामोसले ५६ औं मिनेटमा फ्रि–किकमार्फत उत्कृष्ट गोल गर्दै रियलको अग्रता दोब्बर बनाएका थिए ।
 
जितसँगैै रियलले बार्सिलोनासँग अंक बराबरी गरेको छ । दुबैले समान ३१ खेलबाट ६८ अंक जोडेका छन तर रियल हेड टु हेडको आधारमा लिगको शिर्ष स्थानमा उक्लिएको हो ।

पराजय बेहोरेको मालोर्काको भने रेलिगेसन खतरा बढेको छ । समान  खेलबाट २६ अंक जोडेको मालोर्का १८ औं स्थानमा छ ।

लिगअन्तर्गत गएराति नै भएका अन्य खेलमा एलाभेज ओसासुनासँग रा  रियल सोसिडाड सेल्टा भिगोसँग समान १–० ले पराजित भएका छन् । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार ७:२६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया