फ्रान्सले फेरि खोल्यो आइफेल टावर

कोरोनाभाइरसका कारण विश्वयुद्ध पछि पहिलो पटक बन्द भएको फ्रान्सको आइफेल टावर फेरि सन्चालनमा आएको छ । यसपटक फ्रान्सले सबैभन्दा लामो समयका लागि आइफेल टावर बन्द गरेको थियो । 

पेरिसको यो सांस्कृतिक सम्पदा यसपटक खुला गरिँदा पनि पूर्ण रुपमा खोलिएको चाहिँ छैन । ११ वर्षभन्दा माथिका व्यक्तिहरुले आइफेलमा जानका लागि अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्ने हुन्छ । त्यस्तै, टावरको दोस्रो तलासम्म अहिलेका लागि खोलिएको जनाइएको छ । 

यतिमात्र होइन, अहिले तत्काल आइफेल टावरको लिफ्ट पनि चलाइएको छ । 

सन् १८८९ मा बनेको यो टावरमा प्रत्येक वर्ष कम्तिमा पनि ७० लाख मानिस पुगिरहेका हुन्छन् । यीमध्ये एक तिहाई चाहिँ विदेशी हुने गरेको आइफेल टावरको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १४:४५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया