डिडिसीले घटायो दुग्धजन्य पदार्थको मूल्य

दुग्ध विकास संस्थान (डिडिसी)ले दुध घ्यु, नौनी र धुलो दुधको मूल्य घटाएको छ ।
 बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आएको भन्दै मूल्य घटाएको डिडिसीले जनाएको छ । 
विक्रीमा कमी आउँदा  दुग्धजन्य पदार्थको मौज्दातसमेत वृद्धि भएको बताइएको छ । 
कम्पनीले घ्यूमा प्रतिलिटर २० रुपैयाँ, नौनीमा ८० रुपैयाँ र धुलो दूधमा १० रुपैयाँ छुट दिएको छ । 
घ्यूको खुद्रा मूल्यसँगै थोक मूल्यमा पनि एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको बताइउको छ । 
संस्थानका अनुसार थोक मूल्य प्रतिलिटर रु ८३० का दरमा तीन सयदेखि पाँच सय लिटर घ्यु किन्दा एक प्रतिशत छुट दिइनेछ । 
यसैगरी पाँचदेखि एक हजार लिटरमा दुई, एक हजारदेखि तीन हजारसम्म चार, तीन हजारदेखि पाँच हजारसम्म चार र पाँच हजार लिटरदेखि माथि घ्यु किन्दा पाँच प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १५:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया