दिल्लीमा ३ करोडकाे काेराेना परीक्षण गरिने

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै झन्डै ३ करोड दिल्लीवासीमा एक सर्भे गरिने भएको छ । यो सर्भे भनेको त्यहाँका मानिसहरुमा कोरोनाभाइरस परीक्षण गरिने पनि हो । 

यसका लािग दिल्ली सरकारले घरघरमा चिकित्सक पठाउने तयारी गरेको बताइएको छ । दैनिक उच्च संख्यामा कोरोनाभाइरस संक्रमित बढेसँगै यो योजना ल्याइएको हो । 

अहिले भारतमा सबैभन्दा बढी संक्रतिम दिल्लीमा रहेका छन् । यसअघि भारतको आर्थिक राजधानी मुम्बईमा धेरै संक्रमित भेटिएका थिए । अब दिल्लीमा कम्तिमा पनि ७० हजार मानिसमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

दिल्लीमा अब कोरोना संक्रमितको उपचारका लागि अस्पतालका शैय्या पनि अभाव हुन थालेका छन् । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १६:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया