फेयर एन्ड लभ्लीले गर्ने भयाे आफ्नो विज्ञापनमा परिवर्तन

एशियामा निकै चर्चित एफएमसिजी (फास्ट मुभिङ कन्ज्यूमर गुड्स) कम्पनी युनिलिभरले गोरेपनाको कथित रुपमा बढाउने भन्दै ल्याएको आफ्नो फेस क्रिमको मार्केटिङको तरिका बदल्ने फैसला गरेको छ । 

बिहीबार युनिलिभरले यसबारे घोषणा गरेको हो । एक विज्ञप्ति जारी गर्दै फेयर एन्ड लभ्लीले अब केही सातामा नै आफ्नो ब्रान्डको नाम पनि परिवर्तन गर्ने जनाएको छ । 

यतिमात्र होइन, अब आफ्ना विज्ञापनमा युनिलिभरले गोरोपना तथा गोराजस्ता शब्दहरुको प्रयोग पनि रोक्ने भएको छ ।

कम्पनीले अब छालाबारे आफ्ना उत्पादनहरुमा अहिले सौन्दर्यको परिभाषा परिवर्तन हुँदै गएको र आफूले पनि त्यहीअनुसार परिवर्तन हुँदै जानेबताएको छ ।

नेपालमा पनि राम्रो व्यापार गरिरहेको फेयर एन्ड लभ्ली एशियाका बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान र भारतमा राम्रो व्यापार गरिरहेको हुन्छ । 

पछिल्लो दिन सामाजिक सन्जालमा फेयर एन्ड लभ्लीजस्ता ब्रान्ड परिवर्तन हुनु पर्ने माग उठ्दै आएको थियो । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार २०:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया