कांग्रेस सभापति देउवा र आपूर्तिमन्त्री भट्टलाई विप्लवको धम्कीः एमसिसीको पक्षमा मतदान गरे जनकारबाही

कैलाली–  ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को पक्षमा मतदान गरे जनकारबाही गर्ने भन्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित तीन नेताको घरमा पर्चा टाँसेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र सांसद नारदमुनि रानालाई सो समूहले धम्की दिएको हो ।

कैलालीको अत्तरियामा रहेको मन्त्री भट्टको घरमा र देउवाको धनगढीस्थित घरमा पठाएको पत्रमा एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कार देखि जनकारबाही गर्ने चेतावनी दिइएको छ।

‘राष्ट्रियता सम्बन्धी जनताको म्यान्डेटको कदर गर्दै सदनमा एमसिसी परियोजनासम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न उनीहरुलाई आग्रह गरिएको छ । 

यदि नेपाली जनताको राष्ट्रभक्तिको भावना, आवाज र अपिल विपरीत राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तयार रहन सो समूहले आग्रह गरेको छ । 

कैलालीबाट प्रतिनिधित्व गर्ने भट्ट र पूर्वप्रधानमन्त्री देउवाले यसको विपक्षमा मतदान गर्ने अपेक्षा कैलालीबासीहरूले लिएको पर्चामा लेखिएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार २१:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया