विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या एक करोड नाघ्यो, मृतकको संख्या पाँच लाखभन्दा बढी

विश्वभर कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको मानिसको संख्या आज बिहान एक करोड पार भएको छ भने मृतकको संख्या ५ लाख नाघेको छ ।
अमेरिकामा मात्रै कोरोना संक्रमितको संख्या २५ लाख बढी रहेको छ ।​

वर्ल्डोमिटर्सको पछिल्लो आँकडाअनुसार हालसम्म संसारभरी कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार १ सय १५ रहेको छ भने ५ लाख  ६ सय २६ जनाको मृत्यु भइसकेको छ ।

यद्यपि, ५४ लाख ५३ हजार २ सय ४७ संक्रमित निको भइसकेका छन् ।

संसारभरी अमेरिकामा सर्वाधिक २५ लाख ९६ हजार ५ सय ३७ कोरोनाद्वारा संक्रमित छन् । संक्रमितमध्ये १० लाख ८० हजार १ सय ३६ जना निको भइसकेका छन् ।

त्यसैगरी, यहाँ हालसम्म १ लाख २८ हजार १ सय ५२ को मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्राजिल सर्वाधिक प्रभावित देश हो । यहाँ १३ लाख १५ हजार ९ सय ४१ संक्रमित रहेका छन् भने ५७ हजार १ सय ३ को मृत्यु भएको आँकडाले देखाउँछ ।



साथै, यहाँ ७ लाख १५ हजार ९ सय ५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
 



  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार ७:४२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया