दक्षिण कोरियालाई जी–७ को सदस्यता दिने अमेरिकी प्रस्ताव जापानद्वारा अस्वीकार

जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरूको समूह (जी–७) को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पले यस वर्षको जी–७ को वार्षिक बैठकमा रुस, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका छन् । उनले जी–७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै सदस्यता विस्तार गर्न चाहेका छन् ।

राष्ट्रपति ट्रम्पको उक्त भनाइ सार्वजनिक भएलगत्तै उच्च कूटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको त्यहाँस्थित समाचार संस्था क्योदोले जनाएको छ ।

जापानसँगै दक्षिण कोरिया र भारतलाई जी–७ को सदस्यता दिँदा एसियाली मुलुकहरूबाट एकमात्र सदस्य रहेको जापानको साख गुम्ने जापानी धारणा छ । जी–७ मा हाल जापानसहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन् ।

जी–७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोनाभाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ ।

  
 





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार ८:३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया