हेटौँडामा परिवारका सबै सदस्य मिलेर गरे बुहारीको हत्या, हत्यारा सार्वजनिक

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा– ४ स्थित कर्रानिवासी सुस्मिता क्षेत्री थापाको हत्या अभियोगमा चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै हत्याकाण्डमा संलग्न रहेका सुस्मिताका ससुरा प्रकाश थापा, सासू तुलसा थापा, नन्दहरु दुर्गा थापा कार्की र सीता थापालाई सार्वजनिक गरेको हो ।

२ असारमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी सुस्मिताको हत्यामा ससुरा, सासू, नन्द र जेठी नन्दको संलग्नता देखिएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार आर्थिक प्रलोभनमा परेर परिवारकै सदस्यहरूको संलग्नतामा सुस्मिताको हत्या भएको पाइएको छ ।

२३ असोज २०७६ मा कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा सुस्मिताका पति रुपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो । रुपेन्द्रको मृत्युपछि उनले पाउने रकमबारे परिवारभित्र विवाद भइरहेको अनुसन्धानबाट खुलेको छ ।

आर्थिक कारणसँगै ससुरा प्रकाशले आफ्नी बुहारी सुस्मितामाथि यौन दुव्र्यवहार गरेका कारण घटना बाहिरिने भन्दै यसलाई साम्य पार्न हत्याको योजना बनाइएको अनुसन्धानबाट खुल्न आएको छ । 
 





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १४:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया