सुस्मिता हत्या प्रकरणः ससुराले गरेका थिए बलात्कार प्रयास

हेटौंडामा घरको भान्छामा भेटिएकी सुस्मिता थापाको परिवारका सदस्यलाई प्रहरीले सार्वजनिक गरेको छ । थापाको हत्यामा उनीहरुको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । 

दुई साता लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले २२ वर्षीया थापाको हत्यामा संलग्न भएको आरोपमा सासू, ससुरा र दुई नन्दलाई सार्वजनिक गरेको हो । 

प्रहरीले अनुसन्धानमा सुस्मिताको परिवारले उनलाई छोराको मृत्यु भएपछि बारम्बार मानसिक यातना दिने गरेको पनि पाएको छ । सुस्मिताका पति सुरेन्द्रको असोज २०७६ मा ससुरालीबाट फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । 

प्रहरीले अनुसन्धानमा सुस्मिताका ससुरा ५८ वर्षका प्रकाश थापाले सुस्मितालाई बलात्कारको प्रयास गरेको समेत पाएको छ । प्रहरीका अनुसार प्रकाश थापाले सुस्मितामाथि बारम्बार बलात्कारको प्रयास गरेका थिए । 

सुरेन्द्रको निधनपछि उनले पाउने बीमा रकमका कारण परिवारमा विवाद निम्तिएको र सुस्मिताको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ ।





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १६:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया