नेकपा स्थायी समिति बैठक सकियो, प्रधानमन्त्रीको भनाइ र ‘नेकपा एमाले’बारे छलफल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको मंगलबारको बैठक सकिएको छ । मंगलबारको बैठकमा १८ जना सदस्यले धारणा राखेको थिए । 

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट, भीम आचार्यले आफ्ना धारणा राखेका थिए । 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा मुख्य दुई एजेन्डामा छलफल भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार राखेको धारणा र निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ताका लागि परेको निवेदनको सम्बन्धमा छलफल भएको श्रेष्ठले जानकारी दिए । 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १८:९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया