नयाँ दल नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा परेको निवेदनमा २१ जना पदाधिकारी रहेका छन् । निवेदनमा पार्टीको चुनाव चिह्न भने हिमालमा उदाउँदै गरेको घाम राखिएको छ ।
आयोगले १४ असारमा दल दर्ताको निवेदन परेको जनाएको छ । निर्वाचन आयोगमा सन्ध्या तिवारीले नेकपा एमाले नामको पार्टी दर्ता गर्ने आवेदन दिएकी हुन् ।
दलको पुरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी’ राखिएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नाममा कतै पनि कमा, फुलस्टप नरहेको आयोगको भनाई छ ।
प्दाधिकारीमा एकजना अध्यक्ष एकजना उपाध्यक्ष, एकजना महासचिव र प्रदेशगत रुपमा सातजना सचिव रहेको छन् ।
साथै, ११ सदस्य छन् ।
नामावली :
सन्ध्या तिवारी, अध्यक्ष -विराटनगर ६ मोरङ
भगवती खड्का, उपाध्यक्ष -रामेछाप
मनीषकुमार उपाध्याय, महासचिव -जनकपुर
सचिवहरु
अस्मिता सुनार, खोटाङ
दावा लामा, सर्लाही
जयराम राउत, रौतहट
खगेन्द्रप्रसाद भुसाल, पर्वत
राधा पुरी, अर्घाखाँची
हिराबहादुर बोहोरा, डोल्पा
तारादेवी शाही, बाजुरा
सदस्यहरु
पवन विष्ट, स्युचाटार
निलम पोखरेल, झापा
किरण लामिछाने, गोठाटार
उमेश महतो, सर्लाही
उषाकुमारी झा, धनुषा
प्रदीपराज गिरी, गोठाटार
पूर्णिमा तामाङ, काभ्रे
निश्चल बस्नेत, सिरहा
संजिव विष्ट, गोठाटार
विनिता कार्की, भक्तपुर
विमला विष्ट, स्युचाटार ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।