काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किएका छन् ।
नियमित उपचारका लागि बुधबार अपराह्न हृदय केन्द्र पुगेका उनी हृदय केन्द्रमा अत्यावश्यक परीक्षण गरी बालुवाटार फर्किएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक स्टाटसमार्फत सो जानकारी गराएका हुन् ।
केही महिनाअघि उनको मृर्गौला प्रत्यारोपण गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।