इटालीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु

इटाली– इटालीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ ।

इटालीको पाभिया सहरमा रहेको तिसिनो नदीमा साथीहरुसँग पौडी खेल्न गएका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ४ का २८ वर्षीय किरण खरेलको सोमबार मृत्यु भएको हो । 

उनी विगत ४ वर्षदेखि इटालीको मिलानमा बस्दै आएका थिए । सोमबार दिउँसो १ बजे डुबेको र उनको शव दिउँसो ३ बजे प्रहरीले भेटेको गैर आवासीय नेपाली संघ इटालीले जनाएके छ । 

अहिले उनको शव स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । रिपोर्ट आएपछि मात्र सम्बन्धित परिवारलाई जिम्मा दिने अस्पतालले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार २१:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया