इसेवा र दराजबीच सहकार्य
दराजमार्फत सामान खरिद गरी इसेवाबाट भुक्तानी गर्ने सकिने


 
अनलाइन बजार दराजबाट सामान खरिद गरी इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । दराजले भुक्तानी सहजताका लागि डिजिटल वालेट इसेवासँग सहकार्य गरेको हो । सहकार्यसँगै दराजमा सामान खरिद गर्ने ग्राहकले इसेवामार्फत भुक्तानी गर्न मिल्ने गरी सहकार्य सुरु भएको बताइएको छ । 

 

नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दाे बनाउने कम्पनीले विश्वास व्यक्त गरेको छ । प्रयोगकर्ताहरूले दराज एपमा खरीद गरेको कुनै पनि वस्तुको लागि इसेवामार्फत सजिलै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ । 

 

 यसले चेक आउट प्रक्रिया को समय घटाउने, डिजिटल सुरक्षा अझै बलियो बनाउने र प्रयोगकर्तालाई सामाजिक दुरी कायम गर्न पनि सहयोग पु¥याउने कम्पनीको विश्वास छ । 

 



इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट भएको भन्दै दराज एपमा इसेवा वालेटको स्थापना गरेर प्रयोगकर्ताका लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गरेको दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले बताए । 

 



दराजमा ४ हजार भन्दा बढी बिक्रेताले किरानादेखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्ने कम्पनीले जानकारी दिएको छ । दराजले विराटनगर, पोखरा, चितवनलगायत देशका सबै प्रमुख क्षेत्रहरू सहित नेपालका २४ भन्दा बढी शहरहरूमा सामान विक्री गर्दै आएको छ । 


 

  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १४:२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया