गेटाफेमाथि  रियल मड्रिडको कठिन जित

ला लिगा  अन्तर्गत  गएराती  भएको  खेलमा  लिग लिडर  रियल मड्रिडले  गेटाफेमाथि १–० को  कठिन  जित हात पारेको छ । 

रियलको  वैकल्पिक  मैदान  अल्फ्रेडो  डि  स्टाफानोमा  भएको  खेलमा  घरेलु  टोलीलाई  जित  दिलाउन  कप्तान  सर्जियो  रामोसले  गरेको  एकमात्र  गोल  प्रर्याप्त  बनेको  थियो ।

खेलको  ७९  औं  मिनेटमा  गेटाफेका  डिफेन्डरले  रियलका  ड्यानी  कार्वाहाललाई   डि  बक्स भित्र  लडाएपछि  पाएको  पेनाल्टीलाई  रामोसले  गोलमा  परिणत  गरेका  थिए ।

यो  जितसँगै  रियल  मड्रिडले  बार्सिलोनोसँगको  अंक  दुरी  बढाएर  ४  मा  पु¥याएको  छ । समान  ३३  खेल  खेलेका  रियलले  ७४ तथा  बार्सिलोनाले  ७० अंक  जोडेका  छन् । 

पराजय  बेहोरेको  गेटाफे  समान  खेलबाट   ५२ अंक  जोडेर लिगको  छौटौं स्थानमा छ । 

गए राती नै  भएका  अन्य  खेलमा  ओसासुनाले  एइबर माथि २ –० को  जित  हात  पार्दा रियल सोसिडाडले  पनि   स्पानियोललाई  २ –१ ले  पराजित  ग¥यो ।





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार ९:९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया