अनुमति नलिएका संस्थासँग भुक्तानी कार्य नगर्न राष्ट्र बैंकको निर्देशन


राष्ट्र बैंकबाट अनुमति नलिई भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्दै आएका विभिन्न संस्थासँग कारोबार नगर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । 

केन्द्रीय बैंकले शुक्रवार सूचना जारी गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट अनुमति नलिएका संस्थालाई डिजिटल पेमेन्ट पार्टनरका रुपमा आवद्ध गरी भुक्तानी सेवा संचालन गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

भुक्तानी सेवा संचालनका लागि राष्ट्र बैंकबाट अनुमति पाएका संस्थालाई मात्र डिजिटल पेमेन्ट पार्टनर रुपमा आवद्ध गराउन निर्देशन दिइएको समेत राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्न नपाइने प्रावधान रहेको सूचनामा उल्लेख छ  ।
 





  • प्रकाशित मिति : असार १९, २०७७ शुक्रबार १५:३४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया