महानगरीय अपराध महाशाखा मीनभवनमा


महानगरीय अपराध महाशाखा मीनभवनमा सरेको छ । टेकुमा महाशाखाको नयाँ भवन निर्माण हुन लागेकाले मीनभवनस्थित नेपाल कमर्स क्याम्पससँगैको भवनमा कार्यालय स्थानान्तरण गरी सेवा दिन थालिएको हो ।
आइतबारदेखि मीनभवनमा कार्यालय सञ्चालनमा आइसकेको महाशाखाले जनाएको छ । टेकुमा आफ्नै हिरासत कक्षसहित अत्याधुनिक भवन बनाउन सुरू गरेको  महाशाखाले बताएको छ ।

२०७२ साल वैशाख १२ गते भूकम्पले काठमाडौंको हनुमानढोकामा रहेको महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको भवनमा क्षति पु¥याएपछि यी दुई सुरक्षा निकाय टेकु सारिएको थियो ।
 





  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार १७:३०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया