सन्दीपले जमैका तलावाजबाट सिपिएल खेल्ने

नेपाली क्रिकेटर सन्दीप लामिछानेले लगातार तेस्रो सिजन क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् ।

सिपिएलको आज भएको ड्राफ्टमा लेग स्पिनर सन्दीपलाई जमैका तलावाजले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

 आयोजकले सिपिएलको यो सिजन आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा गर्ने बताएता पनि अझै स्विकृतिभने पाइसकेको छैन ।

सन्दीपले लगातार तीन सिजन तीनैवटा फरक–फरक टिमबाट सिपिएल खेल्न लागेका हुन् ।

पहिलो सिजन सेन्ट किट्स एण्ड नेभिल्सबाट खेलेका उनले दोस्रो सिजन बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

सिपिएलका तीन सिजनमा सन्दीपको यो सर्वाधिक महङ्गो मुल्य पनि हो । उनी पहिलो सिजनमा ५ हजार तथा दोस्रो सिजनमा ७० हजार अमेरिकी डलरमा अनुबन्ध भएका थिए ।



प्रतियोगितामा ६ टिमको सहभागिता छ । सन्दीपको टिममा आन्द्रे रसेल , कार्लोस ब्राथवेट जस्ता विश्व प्रशिद्ध खेलाडी छन् ।



  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार ७:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया