लोमस फर्मास्युटिकल्सका दुई औषधि विक्रीमा रोक

औषधि व्यवस्था विभागले तोकिएको भन्दा कम गुणस्तरको भन्दै दुई  प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । बजार अनुगमनका क्रममा संकलित औषधिको नमुना परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेका दुई प्रकारका औषधि बिक्री वितरणमा रोक लगाइएको विभागले जनाएको छ ।

 

मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट) र सेटोफेन (प्यारासिटामोल ट्याबलेट ५०० एमजी) बिक्री वितरणमा रोक लगाइएको विभागद्वारा जारी सूचनामा उल्लेख  छ  । 

औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण पेश गर्न सम्बन्धित उद्योग तथा आधिकारिक वितरकलाई विभागले निर्देशनसमेत दिएको छ । साथै, विभागले उक्त औषधि सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न समेत सबैलाई आग्रह गरेको छ ।
 





  • प्रकाशित मिति : असार २४, २०७७ बुधबार १४:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया