महालक्ष्मी नगरपालिकाका सबैको निःशुल्क पिसिआर परीक्षण गर्न कांग्रेससहित ६ दलको माग

ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिकामा दुई दर्जनभन्दा बढीलाई कोभिड–१९ को संक्रमण देखिएपछि नेपाली कांग्रेससहित ६ राजनीतिक दलले सो नगरमा लकडाउन गर्न माग गरेका छन् । 

नगरपालिकाका सबैको निःशुल्क पिसिआर परीक्षण गर्न माग गर्दै उनीहरुले नगरप्रमुख रामेश्वर श्रेष्ठलाई सोमबार ज्ञापनपत्रमा बुझाएका छन् । .

नेपाली कांग्रेस महालक्ष्मी नगर सभापति दिवाकर सिलवाल नेतृत्वको प्रतिनिधि मण्डलले कोरोना नियन्त्रणका लागि नगरपालिकाले केही प्रयास नगरेको उनीहरुको आरोप छ । नगरपालिकाले राजनीतिक दलका स्थानीय प्रतिनिधिसँग समन्वय नगरे को उनीहरुको गुनासो छ । 

उनीहरुले पर्याप्त आइसोलेसन सेन्टर स्थापना गर्न पनि नगरपालिकासँग माग गरेका छन् । 





  • प्रकाशित मिति : असार २९, २०७७ साेमबार १९:२९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया