सुशान्तकी प्रेमिका भनिएकी रियालाई ज्यान मार्ने धम्की

काठमाडौँ– बलिवुड अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका भनिएकी रिया चक्रवर्तीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छिन् । 

सुशान्तको आत्महत्याको विषयलाई लिएर रियाले समाजिक सञ्जालमा व्यक्त गरेको धारणाका कारण उनलाई यस्तो धम्की आएको हो । 

आफूलाई ज्यान मार्नेदेखि लिएर बलात्कार गर्नेसम्मको धम्की आएको उनले बताएकी छिन् । रियाले यसबारे आइटी सेलमा उजुरी गर्ने बताएकी छिन् ।

‘मलाई सबैप्रकारको आरोप लगाइयो, मा चुप लागिरहेँ, मलाई हत्यारा भनियो म चुप लागेँ, म केही बोलिनँ,’ उनले समाजिक सञ्जालमा लेखेकी छिन्, ‘म चुप लागेर बसे भन्दैमा, अरुलाई कसरी अधिकार हुन्छ कि यदि मैले आत्महत्या गरिनँ भने मेरो हत्या हुनेछ वा मेरो बलात्कार हुनेछ, आफूले भनेको कुराको गम्भीरता पनि छैन, यस्तो उत्पीडन त कसैले पनि भोग्न नपरोस् ।’ 

रियाले इन्स्टाग्राममा एक पोष्ट लेख्दै गृहमन्त्री अमीत शाहसँग सिबिआई जाँचको माग गरेकी छन् । उनले सुशान्तलाई आत्महत्या गर्न कसले दबाब दियो त्यो व्यक्ति पत्ता लगाउन जरुरी रहेको बताएकी छिन् ।





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १७:१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया