मुस्ताङ–बेनी सडक अबरुद्ध

मुस्ताङको थासाङ–४ स्थित काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । निरन्तर वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा चार दिन अघिदेखि मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध हुन पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

 

सडक अवरुद्ध भएको ठाउँ म्याग्दी र मुस्ताङको सिमानामा पर्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङका सिडिओ वेदप्रसाद अर्यालले जानकारी दिए । पहिरोले मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध भएपछि शुक्रबारबाट नेपाली सेनाले पहिरो हटाउने काम गरिरहेको अर्यालले जानकारी दिए । 


बाटोको पहिरो हटाउन नेपाली सेनाको टोली, म्याग्दी र मुस्ताङका जनप्रतिनिधिसहितको टोली खटिएको सिडिओ अर्यालले बताए । पहिरो हटाउन दुई वटा जेसिभी प्रयोग गरिएको छ ।





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार १४:१२:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया