स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं– स्वास्थ्यसामग्री खरिदमा अनियमितता गरेको आरोपमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ढकालविरुद्ध ‘इनफ इज इनफ’का अभियन्ताले उजुरी गरेका हुन् । 

उजुरीकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, तत्कालीन स्वास्थ्यसचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका प्रमुख महेन्द्र श्रेष्ठलगायतलाई पनि छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

‘इनफ इज इनफ’का अभियन्ताले मन्त्री ढकालसहित स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र ओम्‍नी समूहका सञ्‍चालकविरुद्ध पनि उजुरी गरेका छन् । 





  • प्रकाशित मिति : साउन ७, २०७७ बुधबार १९:८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया