सुशान्तको पक्षमा कंगनाले जुटाइन् बलिउडका यी कलाकार

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन । तर, उनलाई न्याय दिने कोसिस भने भइरहेको छ ।

साथै, सुशान्तसँग जोडिएका सम्झनाहरुलाई समेत सामाजिक सञ्जालमा साझा गरिएको भारतीय पत्रिका अमर उजालाले जनाएको छ ।

यसैबीच, केही बलिउड कलाकार सुशान्तको पक्षमा सामाजिक सञ्जालमा एकजुट भएका छन् ।

ती कलाकारहरु सुशान्तका लागि सामाजिक सञ्जालमा दियो र मैनबत्ती जलाएर उनलाई श्रद्धाञ्जलि दिइराखेका छन् । क्यान्डल ‘फर एसएसआर’ ह्यासट्याग गरे उनीहरु प्रदर्शनमा उत्रिएका छन् । यसको नेत्तृत्व कंगना रनौतले गरिहेकी छिन् । उनले अन्य विभिन्न कलाकारलाई पनि साथमा दिन सफल भएकी छिन् ।

जसमा सुशान्तकी प्रेमिका अंकिता लोखंडे, मीरा चोपडा, शेखर सुमन आदि छन् ।

सुशान्तले गत जुन १४ मा मुम्बईस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार ९:३३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया