रिलिजको केही समयमै लिक भयो सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ । चलचित्रमा सुशान्तको अपोजिटमा सन्जना सांघीले अभिनय गरेकी छिन् । दिल बेचाराले दर्शकबाट धेरै राम्रो प्रतिक्रियासमेत पाएको छ । 

अहिले दिल बेचारा फिल्म टोरेन्ट साइटमा अनलाइन लिक भएको खबर बाहिरिएको छ । पिंकभिल्लाको रिपोर्टअनुसार चलचित्र दिल बेचारा तमिलरकर्स नाम भएको वेबसाइटबाट लिक गरिएको छ । उक्त साइटमा फिल्म एचडी प्रिन्टमा उपलब्ध भएको पत्ता लागेको छ ।

तर, यसले चलचित्रको व्यापारमा कुनै असर पार्ने छैन । किनकि, चलचित्रलाई डिज्नी प्लस हटस्टारले कुनै रकम बिना नै देखाइरहेको छ । 

चलचित्रको कहानीमा किजी बासु नामकी एक केटी हुन्छिन् जो टर्मिनल क्यान्सरसँग लडिरहेकी हुन्छिन् । उनको जीवन औषधि, अक्सिजन सिलिन्डर र अस्पतालको वरिपरि घुमिरहेको हुन्छ । सोही समयमा इम्मानुअल राजकुमार जुनियर अर्थात सुशान्तसँगको रोमान्स फिल्ममा देख्न सकिन्छ ।

मुकेश छाबडाले निर्देशन गरेको चलचित्र दिल बेचारामा सैफ अली खानलाई पनि देख्न सकिन्छ । 





  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १३:४४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया