परीक्षा सार्न नेविसंघको माग

कोरोना संक्रमणको त्रास कायम नै रहेको भन्दै नेविसंघले त्रिभुवन विश्वविद्यालयलगायतका शैक्षिक संस्थाले तोकेका परीक्षा कार्यतालिका फेरबदल गर्न माग गरेको छ । अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै कोरोना, बाढी पहिरो र यातायातको अवस्थालाई हेरेर कार्यतालिका परिवर्तन गर्न माग गरेका हुन् ।

 

‘एकातर्फ कोरोना संक्रमणको त्रास कायमैं रहेको, अर्कोतर्फ बाढी पहिरो र डुबानले जनजीवन असहज भइरहेको र भदौ १ गतेदेखि मात्रै लामो दुरीका सवारीसाधनखुल्ने अवस्था रहेकोले विद्यार्थीहरु तत्काल परीक्षामा सामेल हुन सक्ने अवस्था देखिँदैन,’ विज्ञप्तिमा  भनिएको छ, ‘परीक्षाका लागि तयारी गर्नसमेत समय अपर्याप्त रहेको र शैक्षिक संस्थादेखि धेरै लामो दुरीमा आफ्ना घर भएका विद्यार्थी परीक्षा केन्द्रमा आइपुग्न समस्या रहेकाले यो व्यावहारिक समस्यालाई ध्यान दिँदै परीक्षाको कार्यतालिका फेरबदल गर्न माग गर्दछौं ।’


त्रिभुवन विश्वविद्यालयले भदौको पहिलो हप्तादेखि नै परीक्षाको तालिका सार्वजनिक गरेको भन्दै नेविसंघले यस्तो माग गरेको हो ।





  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार १६:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया