नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण

काठमाडौं– नेपालमा थप १ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लोपटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । 

पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार ७५४ उपचारपछि निको भएका छन्।

हाल ४ हजार ९ सय ५० जना संक्रमितको उपचार भइरहेको छ। हाल नेपालमा प्रतिशत प्रति दश लाख ११ हजार ७४० जनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ। 

१६ हजार ३७९ जना हाल क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १६:३५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया