सुशान्तका हमशकलः निराश पार्न चाहँदैनन् सुशान्तका प्रशंसकलाई

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको अब एक महिनाभन्दा बढी भइसकेको छ । तर, उनको चर्चा भारतीय मिडियामा अझै सेलाएको छैन । सामाजिक सन्जालमा अहिले पनि सुशान्तमाथि उत्तिकै टिप्पणी भएको छ ।

यहीबीच सुशान्तको जस्तै अनुहार भएका सामाजिक सन्जालमा चर्चामा रहेका छन्, सचिन । हुबहु सुशान्तजस्तै देखिने सचिनको पनि अब फिल्म आउँदै छ– सुसाइड और मर्डर ।

सचिनले अब आफ्ना कुराहरु सामाजिक सन्जालमा मात्र होइन, मिडियामा पनि राख्न थालेका छन् । पछिल्लो पटक उनले दिएको अभिव्यक्ति चाहिँ अहिले निकै चर्चामा आएको छ । त्यो हो– सुशान्तका प्रशंसकलाई उनले गरेको सम्बोधन । 

उनले सुशान्तबारे भनेका छन्– सुशान्तको निधनको समाचारले मलाई ठूलो झट्का लागेको छ र मैले उनका प्रशंसकको निकै धेरै सन्देश पाएको छु, अब म उनका प्रशंसकलाई निराश नपार्ने प्रयासमा छु ।





  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १९:२५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया