भारतीय पत्रको विरोध गर्दै थापाले भने, ‘नेपालको भूमिमा नेपालीलाई प्रवेश निषेध गर्ने अधिकार कसैलाई छैन'

राप्रपाका अध्यक्ष कमल थापाले कालापानी, लिम्पियाधुरा, कुटीलगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्ने भारतीय कदमको विरोध गरेका छन् । ट्विटरमार्फत आज विरोध गर्दै उनले नेपाल सरकारले कूटनीतिक माध्यमले यसको प्रतिकार गर्नुपर्ने बताएका छन् ।

‘नेपालको अविभाज्य भूमिमा नेपालीलाई प्रवेश निषेध गर्ने अधिकार कसैलाई छैन । यस्ता आदेश हामी अस्विकार गर्छौ’, अध्यक्ष थापाले लेखेका छन्, ‘सरकारले तत्काल कूटनीतिक माध्यमबाट प्रतिवाद गरोस् ।’

जिल्ला प्रशासन कार्यालय दार्चुलालाई हालै पत्र लेख्दै भारतले भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्नुपर्ने बताएको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै  ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्नुपर्नेमा जोड दिएको छ ।





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १३:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया