सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ले बनायो यस्तो रेकर्ड

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र ‘दिल बेचारा’ले रेकर्ड बनाएको छ । फिल्मले छोटो समयमै बढी भ्युज पाउने रेकर्ड बनाएको हो ।

रिलिजको केही दिनमै फिल्मलाई डिज्ने प्लस हटस्टारबाट जुलाई २४ मा सार्वजनिक गरिएको थियो ।

प्रिमियर भएको २४ घण्टामै ९ करोड ५० लाखले फिल्म हेरेको भारतीय मिडियाहरुले जनाएका छन् । उनीहरुका अनुसार डिज्ने प्लस हटस्टारमा फिल्मले हालसम्मकै भ्युअरसिप रेकर्ड तोडेको छ । 

 फिल्ममा सुशान्तका अलावा अभिनेत्री सन्जना सांघीको पनि मुख्य भूमिका छ ।

सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए । उनले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेको भारतीय प्रहरीको दाबी छ । यद्यपि, कतिपयले भने उनको हत्या भएको आशंका गरेका छन् ।





  • प्रकाशित मिति : साउन १५, २०७७ बिहीबार ७:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया