बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी बहिनी श्वेता सिंह कीर्तिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विट गर्दै उनका दाजुको आत्महत्या प्रकरणको तत्काल छानविन गर्न अनुरोध गरेकी छिन् ।
‘सुशान्त सिंह राजपुतकी बहिनी भएको नाताले मेरो दाजुको आत्महत्या प्रकरणको तत्काल छानबिन गर्न अनुरोध गर्दछु’, उनले लेखेकी छिन्, ‘हामी भारतीय न्याय प्रणालीमा विश्वास गछौं । त्यसैले, कुनै पनि मूल्यमा न्यायको आशा गर्दछौं ।’
बहिनी श्वेताले प्रधानमन्त्री मोदी सत्यको पक्षमा उभिएको आफूले हेर्न चाहेको बताएको एबिपी टिभीको अनलाइन एबिपी लाइभले जनाएको छ ।
‘तपाईँ सत्यको पक्षमा उभिनुहुनेछ भन्ने मेरो मनले चाहेको छ । हामी ज्यादै साधारण परिवारका मानिस हौं । जब मेरा दाजुले बलिउडमा प्रवेश गरेका थिए, उनीसँग कोही पनि गडफादर थिएनन् । न उनका कोही साथी–भाइ नै थिए’, श्वेताले लेखेकी छिन्, ‘न हाम्रो परिवारको अहिलेको जतिको हैसियत थियो । मेरो तपाईँलाई यही अनुरोध छ कि, तपाईँले यो मुद्दाप्रति तत्कालै छानबिन सुरु गराउनुहोस् । मलाईँ तपाईँले न्याय दिलाउने आशा छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।